कांग्रेसका १३ मन्त्रीको सपथ शुक्रबार बिहान ९ बजे हुने

Avatar photo
Dhadingpost
बिहिबार, भदौ ९, २०७३

धादिङ भदौ १०

sere

नयाँ मन्त्रीको शुक्रबार बिहान नौ बजे सपथको कार्यक्रम राखिएको छ ।कांग्रेसले सरकारमा सहभागि हुने १३ जना मन्त्रीको नाम टुंगो लगाएको छ।

बिहीबार साँझ १३ जना मन्त्रीको नाम औपचारिक रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइएको छ ।

सअघि पार्टीका नेता रामचन्द्र पौडेल पक्षको असन्तुष्टिका कारण मन्त्री छनोटमा अवरोध हुदै आएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले पौडेल समूहलाई पाँच मन्त्री दिने सहमति गरेपछि मन्त्री छनोट भएको हो ।

कांग्रेसबाट शुक्रबार सहभागि हुने मन्त्रीहरुमा देउवाले ६, पौडेलले पाँच, नेता कृष्णप्रसाद सिटौलाले एक र अर्का नेता खुमबहादुर खड्काले एक गरी १३ मन्त्रीको सपथ खुवाउने छ ।

कांग्रेसमा मन्त्रालयको भागवण्डामा विवाद आएपनि प्रधानमन्त्री दाहालसँग सल्लाह गरेर कांग्रेसले १५ मन्त्रालय पाउने सहमति भएको छ । मधेसी मोर्चा तत्काल सरकारमा नआउने भएकाले कांग्रेसलाई १५ मन्त्रालय दिन माओवादी तयार भएको हो ।

देउवाले परराष्ट्र मन्त्रीमा डा.प्रकाशसरण महतलाई पठाउने भएका छन् । त्यस्तै रक्षामा बालकृष्ण खाँड र शहरी विकासमा अर्जुननरसिह केसी मन्त्री हुने भएका छन् ।

त्यसैगरी, पर्यटन मन्त्रालयको जिम्मेवारीमा जीवनबहादुर शाही जाने भएका छन् । सुर्यमान गुरुङ श्रम र  केशवकुमार बुढाथोकी सामान्य प्रशासन मन्त्री हुने भएका छन् ।

त्यस्तै,  पौडेलबाट दिपक गिरी सिचाई, ह्दयराम थानी गरिबी निवारण तथा सहकारी, नविन्द्रराज जोशी उद्योग, रोमी गौचन थकाली वाणिञ्य र सीतादेवी यादव शान्ति मन्त्री हुने भएका छन् ।

सिटौलाको सिफारीसमा युवा नेता गगन थापा स्वास्थ्य मन्त्री हुने भएका छन् भने खड्काको सिफारीसमा शंकर भण्डारी वन मन्त्री हुने भएका छन् ।

यसअघि कांग्रेसबाट उपप्रधान एवम् गृहमा बिलमेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातयात मन्त्रीमा रमेश लेखक गैसकेका छन् । अब कांग्रेसको भागमा जम्मा मन्त्रीको संख्या १५ पुगेको छ ।