इटालीमा बुधबार आएको भूकम्पमा मृत्यु हुनेको संख्या २ सय ४७ पुगेको छ।त्यस्तै अझै दर्जनौँको संख्यामा मानिस पुरिएको हुनसक्ने उद्धारमा खटिएका टोलीले बताएका छन्।
बुधबार विहान ६ दशमलव २ रेक्टर स्केलको भूकम्प इटालीको राजधानी रोमबाट १ सय ५ माइल टाढा दक्षिणी पूर्वी क्षेत्र उम्ब्रियको नर्सिया इपिसन्टर पारेर गएको थियो।