धादिङमा सुटिङ गरिएको तामाङ फिल्म सिङ्ला माने भाद्र २ गते अष्टनारायणमा

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ३२, २०७३

धादिङबेसी साउन ३२ । धादिङको उत्तरी क्षेत्रमा बसोवास गर्ने तामाङ समुदायको रहन–सहन तथा कला–संस्कृतिलाई समेटिएर तामाङ भाषामा चलचित्र ‘सिङ्ला माने’ अर्थात् ‘मनकामना’ निर्माण गरिएको छ ।

कुमार शाक्यले निर्माण गर्नु भएको यो चलचित्र आगामी भदौ २ गते मा बाजालुस्थित अष्टनारायण सिनेमा हलमा प्रिमियर हुने भएको हो ।

निर्माता शाक्यका अनुसार चलचित्रमा तामाङ संस्कृति तथा ग्रामिण प्रेमकथालाई चलचित्रमा समेटिएको छ । शाक्याका अनुसार ‘सिङ्ला माने’ एक तामाङ संस्कृतिप्रधान चलचित्र हो । यस चलचित्र धादिङ जिल्लाको उत्तरी भेगको तामाङ समुदायको रहन–सहन झल्काउँनेछ । साथै, त्यहाँको ग्रामिण प्रेमकथाले चलचित्र रोमान्टिक बनेको छ ।

विकट धादिङका तामाङ समुदायको दैनिकि देखि प्रेम सम्मका विषय वस्तुलाई स्थान दिईएको र सल्लाहा सुझावको लागि प्रिमियर गर्नलार्गिको बताईएका छ । शाक्यको यो मेरो पहिलो चलचित्र हो’ ‘यसपटक तामाङ कला–संस्कृतिमा आधारित चलचित्र निर्माणगरेका उनले प्रिमियरमा सकारातमक सुझव र सल्लाहा पाए, अर्कोपटक नेपालीमै बनाउने सोच छन् ।’

चलचित्र ‘सिङ्ला माने’ को निर्देशन नरमान तामाङले गरेका हुन् । फापरे फिल्मस् प्रालिको ब्यानरमा निर्मित यस चलचित्रलाई यसअघि धादिङ र नुवाकोटमा प्रिमियर गरिसकिएको छ । निर्माणपक्षका अनुसार त्यहाका दर्शकले चलचित्र रुचाएका थिए ।

चलचित्र ‘सिङ्ला माने’ मा धादिङका चेलिहरु आरम्भ तामाङ, बेली तामाङ र विना तामाङ अतिथि कलाकारका रुपमा छिम्मी र राजकिङ वाइबालाई देख्न सकिनेछ ।