धादिङ साउन २५
धादिङको पीडा गाविस ६ का दलित महिला माथि भएको घटना र काभ्रेका अजित मिजार हत्या काण्डका दोषीलाई कारवाहीको माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समिति धादिङले मंगलबार जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिएका छन ।
पीडा गाविसकी एक महिलाले आफूमाथि बलात्कार प्रयास गर्नेलाई कारबाही गर्न दिएको किटानी जाहेरी प्रहरीले दर्ता नगरेको भन्दै दलित संघर्ष समिति विरोधमा उत्रिएको जनाएको छ।
आफूमाथि गाउँकै एक पुरुषले बलात्कारको प्रयास गरेको र प्रतिकार गर्न लाग्दा अन्य मानिससमेत बोलाएर कुटपिट गरेको पीडित महिलाले गुनासो गरेकि छन ।
त्यस्तै काभ्रेको पाँचखाल नगरपालिका ६, होक्सेका अजित मिजारले अन्तरजातिय विवाह गरेकै कारण मारिनु परेको र दोषिलाई कारबाहिको दायरामा ल्याई हालसम्म पनि कारवाहि नगरेको भन्दै दवाव दिन धर्ना दिन परेको नेपाल दलित मुक्ति मोर्चा केन्दीय सचिवाल सदस्य दिपक विश्वकर्माले बताउनु भयो
धर्नापछि बिचबजारमा आयोजित कोण सभामा बोल्दै सचिवालय सदस्य विश्वकर्माले राज्यले अझै पनि दलित माथि ज्यादती गरिरहेको बताउनु भयो । आज यतिका दिन भइसक्यो काभ्रेका अजित मिजारले अन्तरजातीय विवाह गरेर ज्यान गुमाउनु परेको तर पनि राज्यले हालसम्म पनि कुनै कारवाही गर्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे । पीडाको घटना र काभ्रेको अजित मिजार माथि भएको ज्यादती विरुद्ध सरकारले कारवाही नगरे अब दलितहरु चुप लागेर नबस्ने भन्दै जब सम्म दोषि माथि कारवाही र पीडितले न्यान पाउदैन तव सम्म धर्ना कार्य जारी राख्ने बताउनु भयो । यस विषयमा छलफलका लागि भेटन खोज्दा प्रमुख जिल्ला अधिकारीले चासो नदिएको भन्दै आपति समेत जनाएका छन ।
धर्ना कार्य बुधवार विहान ११ बजेबाट जारी रहने जनाइएको छ ।