धादिङको बेनीघाट–९ मालिङ्गामा बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २५, २०७३

धादिङ, साउन २५ –

716201694138_accident

पृथ्वीराजमार्ग अन्र्तगत धादिङको बेनीघाट–९ मालिङ्गामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक स्याङजाका २४ वर्षका सोनम केसीको घटनास्थलमानै ज्यान गएको हो । मोटरसाइकलको पछाडि बसेका गुल्मीका २५ वर्षका विकास अर्यालको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट मुग्लिनका लागि छुटेको बा ७३ प ८६९२ नम्बरको मोटरसाइकललाई काठमाडौंबाट चितवनका लागि छुटेको ना ५ ख ७२७८ नम्बरको माइक्रोबसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।