आज वाईसौ विश्व आदिवासी दिवस , धादिङमा पनि मनाइदै

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २५, २०७३

धादिङ साउन २५

aadhibasi-day-celebration-in-dhading-675x450
पहिचान र अधिकारसहितको सङ्घीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान” भन्ने मूल नाराको साथमा आज धादिङसहति देशभरी विभिन्न कार्यक्रम गरि बाइसौ विश्व आदिवासी दिवस मनाइदैछ ।
पहिचाहन र अधिकारका लागि लडदै आएको आदिवासीहरु आज सम्म पनि अधिकारबाट बञ्चित रहेको भन्दै अधिकारको लागि हरेक वर्ष अगष्ट ९ तारिखमा विश्व आदिवासी दिवस मनाइदै आएको छ।
दिवसको अवसरमा आज धादिङमा पनि विविध कार्यक्रम आयोजना गरिएको नेपाल आदिवासी जनजाती जिल्ला समन्वय परिषद् धादिङले  जनाएको छ । नेपालमा आदिवासी समूदायको हकअधिकारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले आज पोखरा स्याङजा , लमजुङ गोरखा लगायत देशको हरेक जिल्लाहरुमा विभिन्न कार्यक्रम गर्न लागेको हुन् ।
हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षताको कार्यान्वयन, आदिवासी जनजाति आयोगलाई अधिकारसम्पन्न संवैधानिक आयोगका रुपमा स्थापित गर्नुपर्ने र संविधान जारी गर्नेक्रममा भएका प्रतिबद्धताअनुसार संविधान संशोधनमार्फत कार्यान्वयन गर्नुपर्नेमा आदिवासीहरुले जोड दिदै आएको छ ।

तस्बिर :अघिल्लो वर्ष विश्व आदिवासी दिवसमा निकालिएको ¥यालि