कक्षा १२ मा फेल हुदा आत्महत्या

Avatar photo
Dhadingpost
सोमवार, साउन २४, २०७३

धादिङ साउन २४

suside-615x324

भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–८ सिरुटारकी १७ वर्षीया अनुजा मिश्र कक्षा १२ को विज्ञान सङ्कायको परीक्षामा अनुत्तीर्ण भएपछि आत्महत्या गरेकी छिन्।
भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका–८ सिरुटारकी १७ वर्षीया अनुजा मिश्रको शव झुन्डिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी बृत्त थिमिले जानकारी दिएको छ।  मिश्रको शव परीक्षण लागि शिक्षण अस्पताल पठाइएको प्रहरीले बताएको छ।
पढाइ राम्रो भए पनि परीक्षाको परीक्षाफलमा अनुत्तीर्ण भएपछि उनले गएराति आत्महत्या गरेको प्रहरीको भनाइ छ। कक्षा १२ को परीक्षाको परीक्षाफल आइतबार सार्वजनिक भएको थियो। रासस