कक्षा १२ विज्ञानको नतिजा सार्वजनिक

Avatar photo
Dhadingpost
आइतवार, साउन २३, २०७३

धादिङ साउन २३
57a6ebd2f010a
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान विषयको नतिजा आईतबार प्रकाशित गरेको छ ।

गत बैशाख तेस्रो सातादेखि भएको परीक्षामा विज्ञान समूहबाट नियमित र आशिंक गरी ५० हजार ३ सय ८४ जनाले परीक्षा दिएका थिए। त्यसमा ४० हजार ६ सय नियमित तर्फका विद्यार्थीले परीक्षा दिएका थिए। आज सार्बजनिक नतिजा अनुसार परीक्षामा ७३.७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ४० हजार ६ सय ३ जना परीक्षार्थीले दिएको उक्त परीक्षमा २८ हजार ९ सय ५२ जना पास भएको जानकारी परीक्षा नियन्त्रक सन्तोष अर्यालले दिए । यसैगरी आशिंक तर्फ विज्ञान र संस्कृत विषयका ४५.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नतिजा हेर्न HSEB लेखि एक स्पेस दिएर सीम्बोल नम्बर लेखि ३५००१ मा पठाउन सकिने छ ।