आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाउदै

Avatar photo
Dhadingpost
आइतवार, साउन २३, २०७३

धादिङ साउन २३
happy-friendship-day
आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइदै छ । प्रत्येक बर्ष अंग्रेजी महिना अगस्ट महिनाको पहिलो आइतबार मनाउने गरिन्छ ।आफ्ना हितैषी मित्रहरुसंग एक आपसमा उपहार र शुभकामना आदान प्रदान गरि मनाउने प्रचलन छ । मित्र र मित्रताप्रति समर्पित हुने यो दिवस अमेरिकामा सन् १९३५ देखि मनाउन शुरु गरिएको हो तर अहिले आएर यो बिश्वभरि नै मनाउने गरिन्छ । यो दिवसलाई संयुक्त राष्ट्रसंग संघले अन्तर्राष्ट्रिय मित्रता दिवसको रुपमा मान्यता दिईसकेको छ । पछिल्लो केहि बर्ष यता नेपालमा पनि साथीभाईसंग भेटघाट तथा शुभकामना आदानप्रदान गर्दै यो दिवस मनाउने क्रम बढ्दै गएको छ । अहिलेको व्यस्त जीबनमा मानसिक तनाब र समस्याबाट छुटकारा पाउन मित्रतारुप औषधिले शान्ति प्रदान गर्दछ । यस कारण संसारमा सायदै यस्तो होला जसको कोहि मित्र नहोस र कहिले मित्रता नगरेको होस् यो दिवसको प्रमुख उदेश्य भनेको पनि साथीहरुसंग सम्बन्ध मजबुद बनाउनु र मानसिक तनाबबाट छुटकारा पाउनु हो ।