धादिङबेसी साउन २३ । बिहान करीव ६ बजे तिर घरबेटीले कुचो लाउने क्रममा ढोका खुल्लै भएको ले वकिल साव किन उठ्न् भएन भनेर बोलाउँदा नबोले पछि हेर्दा मृत भेटिएका हुन् ।
सदरमुकाम धादिङबेसीमा डेरा गरि बस्ने सरकारी वकिल कार्यालय धादिङका सहायक वकिल अनिल अधिकारीको सुतेको वेडमा अवस्था सामान्यजनक नभएपछि घरबेटीले तत्काल प्रहरीलाई खवर गरेका थिए । प्रहरीको उपस्थिति पछि अधिकारीलाई अस्पताल लगिए पनि जिल्ला अस्पतालले मृत घोषणा गरेको थियो ।
सङ्खुवासभा खाँदवारी नगरपालिका घर भएका अधिकारी फागुन देखि धादिङ सरकारी वकिलको कार्यालयमा कार्यरत थिए ।
अधिकारीको सव आफन्तको पखाई र पोष्टमाटमको लागि जिल्ला अस्पताल भित्रको मुर्दाघरमा राखिएको छ ।