धादिङ साउन २२
आज बिहान १० बजे गजुरी–२, मलेखुको परेवाभीरमा ट्रक र पिकअप भ्यान ठोक्किदा २ जनाको मृत्यु भएका छन । दुर्घटनामा एक जना गम्भिर घाईते भएको छ । दुर्घटनामा परि सर्लाही निवासी मण गुप्ता र भ्यान चालक विवेक रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
‘काठमाडौंबाट नारायणगढ तर्फ तिव्रगतिमा जाँदै गरेको ना३च ६२०९ को पिकअप भ्यान र काठमाडौं तर्फ आइरहेको ना५ख ९२०६ नम्बरको मालवाहक ट्रकसँग जुध्न पुगेको प्रारम्भिक अनुसन्धानमा देखिएको गजुरीस्थित ट्राफिक निरिक्षक मुरारी मिश्रले बताए ।
गम्भिर घाइते भएका पिकअप भ्यान चालक विवेक रावललाई उपचारार्थ काठमाडौं लादै गर्दा मृत्यु भएको हो । २२ वर्षीय चितवन खैरेनी निवासी सादेस चौधरी पनि घाइते भएका छन् । घटनाको बारेमा अनुसन्धान भईरहेको छ ।