बहुमतीय सरकार गठन प्रक्रिया शुरु

Avatar photo
Dhadingpost
सोमवार, साउन १७, २०७३

धादिङ साउन १७
Bidhya-Bhandari
राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनको प्रक्रिया अघि बढाउन आह्वान गरेकी छन् ।
राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा सोमबार प्राप्त पत्रमा संविधानको धारा २५८ को ३ अनुसार बहुमतीय प्रक्रियाबाट नयाँ सरकार गठन गर्न आग्रह गरिएको सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बासुदेव शर्मा (बबिन)ले जानकारी दिए ।

यसअघि दिइएको सात दिनको समयसीमा भित्र दलहरुबीच सहमति नजुटेकाले बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न राष्ट्रपति भण्डारीले आह्वान गरेकी हुन् ।यसअघि सहमतिका आधारमा नयाँ सरकार गठन गर्न राष्ट्रपति भण्डारीले राजनीतिक दलहरुलाई एक साताको समय दिएकी थिइन् ।
एक साताको समय आइतबार सकिएको थियो ।

अब संसद सचिवालयले निर्वाचन प्रक्रियाको कार्यतालिका तयार पार्ने र आजै बस्ने संसद बैठकमा पेश गर्ने छ । संसद बैठक अपरान्ह तीन बजे बोलाइएको छ ।