धादिङबेसी साउन १४ । कुलेखानीबाट काठमाडौ आउँदै गरेको ना ३ ख ४९७२ को यात्रु बहाक बसमा गाँजा सहित सोमलाल गोले पक्राउ परेका छन् ।
धादिङ थाँक्रे हाप्से चौर अस्थायी प्रहरी चौकीले नियमीत चेक जाँच गर्ने क्रममा उक्त बसमा यात्रा गरि रहेका गोलेलाई १ केजी गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।
मकवानपु थाहा नगरपालिका ५ बस्ने २९ वर्षिय गोलेलाई थप अनुशन्धानको लागि ईलाका प्रहरी कार्यालय खानिखोला लगिएको छ । उनीलाई अनुसन्धान पछि लागु औषध कारोवार सम्बन्धी मुद्धा चलाईने प्रहरीले जनाएको छ ।
यस अघि असारमा पनि थाँक्रे हाप्से चौर अस्थायी प्रहरी चौकीले ९ केजी चरेश पक्राउ गरेको थियो ।