बाबुराम श्रेष्ठ,
धादिङबेसी साउन १३ । धादिङबेसी सदरमुकाम स्थित नीलकण्ठ नगरपालिका १२ को आवास पुननिमार्णको लागि अनुदान रकमको सम्झौता कार्य सुरु भएको छ ।
नेपाल सरकारले भुकम्प पीडितहरुको लागि दिने भनिएको रकमको अनुदान सम्झौता कार्य अन्तर्गत सावितको साङकोष गाविस अर्थात नीलकण्ठ नगरपालिकाको ११, १२ र १३ वडामा सम्झौता कार्य सुरु भएको हो ।
२०७२ साल बैशाख १२ गतेको गएको विनासकारी भुकम्प र त्सस पछिको पराकम्पनबाट धादिङ जिल्लामा कुल ७० हजार ५ सय ८१ मानिसहरु लाभग्राही भएका थिए । जस अनुसार २७ हजार ३ सय ५ घरहरुको सम्झौता भएको छ ।
सम्झौताको क्रममा नामावलीमा नाम ननिस्केको, कित्ता नम्बर, निस्सा नम्बर फरक भएको र विभिन्न ७ हजार ७ सय ४४ घरहरुको गुनासोमा दर्ता भएको जिल्ला विकास समिति धादिङका सूचना अधिकृत भोला गौतमले जानकारी दिनु भएको छ ।