हामीले हाम्रै जिवनकालमा परिवर्तन हेरेरै मर्ने हो भने समाज परिवर्तनको निम्ति हामी सबैले आ-आफ्नो ठाँउ बाट आफुले सक्ने सानै भएपनि केही न केही काम गर्नु पर्छ।
नेपाल कहिले बन्दैन भनेर राजनैतिक दलका नेताहरूलाई गाली मात्र गरिरहने हो भने देश कहिले बन्न सक्दैन। हामी आफैलाई प्रश्न गरौं, के हामीले देश बनाउनको लागी सुरूमा हामीले हाम्रो गाउँ, हाम्रो समुदाय, हाम्रो समाज, हाम्रो जिल्ला बनाउने प्रयास गरेका छौं त? अहं छैनौं, गरेका भएपनि धेरै कम।
त्यसैले देश बनाउनको लागी सुरूमा समाज बनाउन आवश्यक छ। प्रत्यक गाँउ, समुदायमा बस्नुहुने मनिसहरूले आफ्नो गाउँ, आफ्नो समाज, आफ्नो टोल आफैं परिवर्तन, बिकास गर्दै जाने हो भने त्यसरीनै गाउँ, समाज, टोल, जिल्ला, अन्चल बन्दै देश बन्न सक्छ। त्यसैले देश बनाउनको लागी सुरूमा समाज बनाउन आवश्यक छ।
आज हाम्रो गाउँ फोहोर छ, बजार फोहोर छ, टोल, समाज, जिल्लै फोहोर छ तर अहं हामी कसैलाई मतलब छैन्। सबै आफ्नो आफ्नो काम, ब्यवशायमा ब्यस्त छौं। कोही facebook, Twitter मा, कोही रक्सिको चुस्किमा, कोही अरूको आलोचनामा अनि कोही चिया गफमा। आज हामी हाम्रो घर अगाडीको फोहोर पनि सरकारले आएर उठाईदिए हुन्थ्यो जस्तो गर्छौं। हरेक बिकासमा सरकार खोज्छौं तर अहं देश बनाउन आफ्नो तर्फ बाट सानै भएपनि केही काम गर्ने कोशिस गर्दैनौं । राजनैतिक दलका नेता ज्युहरू त भाषण मात्र गर्नुहुन्छ तर अहं समाज परिवर्तनका लागी खासै ठूला काम केही गर्नुहुन्न। अब भाषण होईन काम गर्ने बेला आएको छ।
अधिलो पुस्ताले हामीलाई सफा गाँउ, सफा सहर, सफा खोला नाला छोडेर गए। तर हाम्रो पुस्ता सारै फोहोरी रहेछ हामीले सबै खोला नाला फोहोर दुर्गन्धित गरिदिएम। अब आउने पुस्ताले पनि सफा ठाँउमा बस्न पाउनु पर्छ, उनिहरूले पनि सफा खोला हेर्न पाउनु पर्छ, उनिहरूले पनि त्यसमा नुहाउन पाउनु पर्छ, त्यो खोलामा माछा खेलेको हेर्न पाउनु पर्छ। के अब यसको सफाई गर्ने जिम्मेवार हाम्रो होईन? फोहोर गर्ने पनि हामी हौं अब सफा गर्ने पनि हाम्रै जिम्मेवारी हो।
आउनुहोस् आजै बाट हातेमालो गरौं। आजै बाट आफ्नो गाँउ, घर, टोल, सहर सफा राखौं। संभव भएसम्म प्लास्टिको प्रयोग कम गरौं, घर बाट निस्कने फोहोरको घरमै ब्यबस्थापन गरौं। घरको फोहोर बहिर फ्यालिरहने हो भने यो देश फोहोर भयो भनेर गाली गर्ने अधिकार हामीलाई छैन्।
अन्त्यमा, संम्पुर्ण जिल्लाबासीहरूमा धादिंङ जिल्ला बिकासको लागी आफुले सक्ने सानै भएपनि काम गर्न हार्दिक अनुरोध गर्दछु। जो जहाँ छ, जस्तो अवस्थामा छ, समाज परिवर्तनको लागी आफुले सक्ने सानै भएपनि काम गरि देश विकासमा योगदान गरौं। धन्यवाद