धादिङ साउन १२ । धादिङ नलाङ गाविसका दिनेशचन्द्र थपलियाले नेविसंघको ११ औ महाधिवेशनमा सह-महामन्त्रीको उम्मेद्धारी दिने भएका छन् ।
नलाङ निमावि चरिमारे देखि नेविसंघमा आवद्ध रहि विद्यार्थी आन्दोलनमा सक्रिय दिनेश चन्द्र थपलिया अब नेवि संघको सह-महामन्त्री पदको लागि योग्य भएको बताउदै उम्मेदवारी दिन लागेको बताए ।
११ औ महाधिवेशन तयारीको लागि जिल्ला भ्रमण र विद्यार्थी भेटघाटलाई तिव्र पारेका थपलियाले नेवि संघ वचाउन कै लागि आफ्नो उम्मेदवारी भएको बताउनु भयो ।
नेपाली काँग्रेसको आन्दोलनमा आफ्नो भविस्य देख्ने दिनेश चन्द्र थपलिया नेपाल विद्यार्थी संघका लोक प्रिय कार्यकर्ता हुन् तर सह-महामन्त्री बन्छन् या बन्दैनन् त्यो हेर्न भने महादिवेशन सम्म कुर्नुपर्ने छ ।
अझै अनिश्चित रहेको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महादिवेशन विधिवत सुनिश्चित गर्न माग गर्दै पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्ले नेतृत्वको समूहले आन्दोलन घोषणा गरेको छ ।