मलेखु (धादिङ), ६ साउन । जिल्लामा सबभन्दा बढी बजेट शिक्षा क्षेत्रमा भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालयले आज जिल्लाको आर्थिक विवरण सार्वजनिक गर्दै सो जानकारी दिइएको हो । प्रमुख कोष नियन्त्रक यज्ञप्रसाद ढकालका अनुसार गत आव २०७२। ७३ मा शिक्षा कार्यालयबाट रु एक अर्ब पाँच करोड ७२ लाख तथा जिविसबाट रु ८३ करोड ६७ लाख खर्च गरिएको छ ।
त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयले रु १६ करोड र सहरी विकास तथा भवन कार्यालयले रु १२ करोड खर्च गरेका छन् ।
जिल्लामा चालु र पँुजीगत खर्च गरी रु तीन अर्ब ७८ करोड ८६ लाख बजेट प्राप्त भएकामा विभिन्न कार्यालयले रु तीन अर्ब ३६ करोड ८६ लाख खर्च गरेका छन् ।
आव २०७१।७२ मा राजस्व सङ्कलन रु १९ करोड ७५ लाख ८३ हजार रहेकामा आव २०७२।७३मा रु २४ करोड ९१ लाख २६ हजार सङ्कलन ढकालले बताउनुभयो । रासस