विश्वदिप डिसि,
धादिङ, जोगिमारा, असार २९ । धादिङ जोगिमारा गाविसका भुकम्प पिडितहरुले लाभग्राहि सुचिमा आफ्नो नाम नपरेको भन्दै असार १७ गते देखि गाविस कार्यालयमा लगाएको ताला अझै खुल्न सकेको छैन् ।
प्राविधिक र इन्जिनियर टोलीहरुले घरहरुको सर्वेक्षण सहि तरिकाले नगरेको र पहिलो चरणमा पुर्ण क्षतिमा परेका घरहरु अहिले सुचिमा नपरेको भन्दै सौझौता कार्यजारी भए सँगै गाविस कार्यालयमा ताला लगाई दिएका हुन् ।
सरकारले भुकम्प पीडितहरुको लागि दिने भनिएको दुई लाख रकमको अनुदान सम्झौता गर्न जोगिमारा गाविसमा खटिएका टोलीहरुलाई आफ्नो नाम नपरे पछि गुनासो दर्ता गर्ने कार्य भएतापनि अहिले सम्म कुनै पनि प्रकारको सुनुवाई नभएको भन्दै गाविसको काममा रोक लगाई गाविस कार्यालयमा ताला लगाई दिएका थिए ।
यसै गरी जोगिमारा गाविस कार्यालयमा भुकम्प पिडितहरुले लाभग्राहि सुचिमा आफ्नो नाम परेकाहरुले सम्झौता भईरहेको अवस्थामा गुनासो दर्ता गरेपनि अहिले सम्म यसबारे कुनै पहल नभएको स्थानिय बासिन्दाहरुको भनाई रहेको छ ।
जोगिमारामा सर्वेक्षणमा आउने प्राविधिकले वास्तबिक भुकम्प पिडितहरुको घर छुटाउनु, जनता को गुनासो फारम को सम्बन्धित निकाय ले सुनुवाइ नगर्नु, बर्खा को बेला भुकम्प पिडितहरु भत्केका घरमा नै बस्न बाध्य हुनु, एउटै नछुट्टिएको परिवारका २–४ जनाले पाउने गरि सुचिमा नाम सार्वजनिक हुनु, पहिला पुर्ण क्षतिमा परेका अहिले नपर्नु र पहिले पुर्ण क्षतिमा नपरेका अहिले पुर्ण क्षतिमा पर्नु, यो कस्तो सर्वे होरु भन्दै सर्वसाधारण आक्रोसित भएका छन् ।