बाबुराम श्रेष्ठ धादिङ,
जोगिमारा असार २८ । घरमा अन्न छैन गिठा भ्याकुर खोजी परिवार पाल्दै आएका जोगिमारा गाउँ विकास समिति वडा नं ६ तल्लो रोवाङगका मासिकराम चेपाङहरुलाई प्यारालाईसिस भएको छ ।
अहिले हात खुट्टा चलदैन उपचारको लागि हामी सँग पैसा पनि छैन अस्पतालले पैसा माग्छ कसैले सहयोग गरे उपचार गर्नु हुन्थ्यो भन्नु हुन्छ प्यारालाईसिस रोगी मासिकराम चेपाङ ।
हात खुट्टा चल्लन छोडे पछि बिरामी चेपाङलाई क्रान्ति अस्पताल काठमाण्डौमा उपचारको लागि १६ दिन सम्म भर्ना गरिएको थियो । उपचारको लागि लाग्ने रकम नहुँदा १६ दिन पछि यनी पुनः घर फर्किका थिए । चेपाङ परिवारले विभिन्न संघ-संस्था, दातृ निकायहरु र सरकारी तथा गैरसरकारी निकाय समक्ष सहयोगको अपेक्षा समेत गरिएको छ । खाने कुरा समेत नभएको चेपाङ घरको जेठोबाठो ब्यक्तिलाई नै प्यारालाईसिस हुँदा कहाँ बाट खाने कुरा ल्याउने र कसले हेरविचार गर्ने भन्ने समस्या भएको छ ।
चेपाङ समुदायमा ४ महिना मात्र आफ्नो जग्गामा उब्जेको अन्नले खान पुग्ने र बाँकी महिनाहरुमा बनजङगमा उम्रेका कन्दमुल, गिठा भ्याकुर र खाने गरेको स्थानिय बासिन्दा तोप बहादुर चेपाङले जानकारी दिनु भएको छ ।
प्यारालाईसिस हुने चेपाङ परिवारमा लेम्बु माया चेपाङ, लोकनाथ चेपाङ र छोरा शिब चेपाङ गरी ४ जनाको परिवार रहेका छन् ।