सुनको मूल्य प्रतितोला फेरि ५९ हजार

Avatar photo
Dhadingpost
आइतवार, असार २६, २०७३

धादिङ असार २६
15TH_GOLD_1428839f_2596676f

आज सुनको भाउ फेरि बढेको छ ।आइतबार सुनको मूल्य पुनः उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सयले उकालो लागेर ५९ हजार रुपैयाँ पुग्यो ।

सुनको मूल्य शुक्रबार प्रतितोला ५८ हजार ९ सयमा ओर्लिएको थियो ।चाँदीको मूल्य पनि १० रुपैयाँले उकालो लागेर ९०५ रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १,३६६ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।