प्लाष्टिक ड्रममा डुवेर भुकम्प पिडित शिविरमा बालिकाको मृत्यू

Avatar photo
Dhadingpost
आइतवार, असार २६, २०७३

धादिङबेसी असार २६ । भुकम्पले विस्थापित भएपछि लापाबाट साङ्कोष शिविरमा बस्दै आएकी एक बालिका शिविरमै रहेको ट्याङ्कीमा डुबेर मृत्यू भएको छ ।

आईतवार मध्य दिउंसो आमा समिक्षा तामाङ्ग सुतेको मौकामा खेल्दै गरेकी ११ महिने वालिकाको पानीको प्लाष्टिक ड्रममा डुवेर मृत्यु भएको हो ।

बच्चा डुवेको देख्ना साथ धादिङबेसी स्थित सहिद मेमोरीयल अस्पताल ल्याएपछि मालिकाको मृत्यू भै सकेको पुष्टि भएको थियो ।