झार्लाङमा पहिरोमा परि एक घर पुरियो

Avatar photo
Dhadingpost
शुक्रबार, असार २४, २०७३

धादिङ असार २४

t1

 

उत्तरी धादिङको झार्लाङ गाउँ विकास समिति वडा नम्बर ३ लापाका बिशाल तामाङको घर पहिरोले पुरेको छ । एक साता अघि माथिबाट आएको पहिरोले घरको आधा भाग नै पुरेको छ । पहिरोले घर पुर्दा पनि बिशाल तामाङको भाई अविशेक तामाङ पहिरोले जोखिम भएको त्यही घर भित्र नै बसोबास गर्दै आउनु भएको छ ।

घरमा प्रशस्त मात्रामा अन्न पात, लत्ता कपडा र भौतिक सामग्री अनत लैजाने ठाउँ नभएकाले अविशेक त्यही घरमा बस्नु भएको हो । ४ जना परिवारको सदस्य रहेको अविशेक तामाङको भने नयाँ घर बनाउन पैसा छैन् अन्त जाम बसने ठाउँ छैन् ।

ज्यान गए आफ्नै घरमा जाला तामाङले भन्नु भयो । वर्षा सुरु भएसँगै झार्लाङ गाविसमा साना ठूला गरी करिब पाँच दर्जन भन्दा बढी पहिरो गईसकेको छ ।