इस्लाम धर्मावलम्बीको महान चाड इदको अवसरमा विहिवार सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ । गृहमन्त्रालयले एक सूचना निकालेर इद बिहीबार पर्ने भएकाले त्यस दिन सार्वजनिक विदा दिने जानकारी दिएको हो । इस्लाम धर्म परम्परा अनुसार एक महिना लामो रोजापछि देखिने चन्द्रमा हेरेर इद पर्व मनाइने गरिन्छ ।
धेरैले बुधबार इद भनेपनि मंगलबार चन्द्रमा नदेखिएकाले बिहीबार मात्रै इद मनाउन लागिएको हो ।बुधबार बेलुका चन्द्रमा देखिने भएकाले बिहीबार इद मनाउन लागिएको हो ।
चन्द्रमा देखियो भनेर मुस्लिम समुदायले निवेदन दिएपछि गृह मन्त्रालयले सार्वजनिक बिदाको घोषणा गरेको हो । इदको दिन सार्वजनिक विदा दिने पहिल्यै तय भएको थियो तर दिन एकीन थिएन ।