धादिङ जिल्लामा भूकम्प पछिको पुर्ननिर्माणको भएको असार १७ गतेसम्मको प्रगति विवरण

Avatar photo
Dhadingpost
आइतवार, असार १९, २०७३

धादिङ असार १९

०७२ बैशाख १२ गते गएको भुकम्प प्रभावित घरधुरीका मध्ये निजी आवास अनुदान प्राप्त गर्ने लाभग्राहीको सूचीमा समावेस भएका लाभग्राहीसंग अनुदान सम्झौता भईरहेको छ भने आफ्नो नाम लाभग्राहीको सूचीमा समावेस नभएको, विभिन्न विवरणहरु नमिलेको वा आवश्यक कागजात पुरा गर्न कठिनाई भएका व्यक्तिहरुले गुनासो दर्ता गर्ने कार्य गर्दै आएका छन् । हाल सम्म १७१४० सम्झौता भएको छ भने गुनासो दर्ता ४६५२ भएको छ ।

यस्तै विभिन्न लाभग्राहीको नाममा बैक खाता संचालन प्रयोजनार्थ नेपाल पुनर्निमाण प्राधिकरण तोकेका १० गाविस बाहेकका गाविसको लागि बैकहरुको क्लष्टरिङ जिल्ला समन्वय उपसमितिले जिल्लामा शाखा रहेका बैकका प्रतिनिधिहरु समेतको सहभागितामा बैठक गरी पुनर्निर्माण प्राधिकरणमा पठाईसकिएको छ । जसअनुसार निम्न गाविसहरुमा निम्न बैकहरु सिफारीस भएका छन् ।

प्रभु बैक – बसेरी, बेनिघाट, तिप्लिङ र थाक्रे
एभरेष्ट बैक – मार्पाक, बुढाथुम
सानिमा – सेर्तुङ, फुलखर्क, नौविसे, कुम्पुर, जीवनपुर
सिभिल – झार्लाङ र खाल्टे
मुक्तिनाथ – री, सल्यान्टार, मुलपानी, किरान्चोक, कल्लेरी
हिमालय – लापा, नलाङ
मेघा – दार्खा, मैदी, सुनौलाबजार ९नि।न।पा।०
कृषि विकास बैक धुवाकोट
रा।बा।बैक निलकण्ठ ९नि।न।पा।०
ग्लोबल आई।एम।ई। बैरेनी
सेन्चुरी – गोगनपानी, केवलपुर
माछापुछ्रे पिडा, गजुरी
टुरिजम महादेवस्थान र सलाङ
देव विकास बैक धुषा, जोगिमारा
यति – गुम्दी, सत्यदेवी
कास्की फाईनास्स – चैनपुर, मुरलीभन्ज्याङ ९नि।न।पा।०
महालक्ष्मी फाईनन्स – साङकोष ९नि।न।पा।०, ढोला
यसैगरी कटुन्जे गाविसका बैक खाता खोलिएका र विवरण मिलान भएका १०९७ जना लाभग्राहीको खातामा रकम जम्मा गर्ने गरी रु ५ करोड ४८ लाख ५० हजार रकम बैकहरुलाई रकम प्रदान गरी सकिएको छ
हालसम्म भएको प्रगति विवरण तालिकामा हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।
3.17-final (2)