धादिङको जोगीमारामा सवारी दुर्घटना १ जनाको मृत्यु

Avatar photo
Dhadingpost
शनिबार, असार १८, २०७३

धादिङ असार १८137dhading_map_nepal

पृथ्वीराजमार्ग खण्डको जोगीमारामा साँझपख यात्रुबाहक माईक्रो बस र मालवाहक ट्रक एकआपसमा जुध्दा माईक्रोमा सवार १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

पोखराबाट राजधानी आउँदैं  गरेको बा २ ख ५१२८ नम्बरको माईक्रो बस र काठमाडौं बाट नवलपरासीतर्फ जाँदै गरेको ना ४ ख ४६१ नम्बरको मालवाहक ट्रक जोगीमारामा एक आपसमा ठक्कर खाएका थिए ।

उक्त ठक्करले माईक्रो बसमा सवार नाम ठेगाना खुल्न नसकेका करिव ३५/३६ वर्षीय एक जना युवकको ज्यान गएको र अन्य ३ जना घाइते भएका छन् ।

घाइते माया भुजेल, समीर चन्द र टेकबहादुर सलामीलाई मलेखु स्थित सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरी निरीक्षक प्रकाश सुव्बाले जनाए ।