धादिङको री मा पहिरो गयो, क्षति अवलोकनको लागि सिडियो हेलिबाट रि प्रस्तान

Avatar photo
Dhadingpost
बिहिबार, असार १६, २०७३

धादिङबेसी असार १६ । धादिङको री गाँउ विकास समिति वडा नं ९ चेप्राङमा गएको पहिरोको क्षेति बुझ्न प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदी सेनाको हेलि कप्टरबाट रि जानुभएको छ ।

गए राती भिषण वर्षापछि आएको पहिरोका कारण रि चेप्राङका ६ घरका २२ जना विस्थापित भएको खवर आए पछि केहि बेर अघि बसेको जिल्ला दैविक प्रकोप उद्दार समितिको वैठकलाई जानकारी दिदै सिडियो सुवेदीले आफु घटना स्थल अनुगमन गरेर आउने र विस्थापिलाई व्यवस्थापन गर्ने बारे सल्लाह गर्ने जानकारी गराएका थिए ।

वैठकमा नेपाली काँग्रेस धादिङका पूर्व जिल्ला सभापति रामनाथ अधिकारी, एमाले धादिङका अध्यक्ष भुमिप्रसाद कडेल लगायतको उपस्थिति रहेको थियो ।

सिडियो केहि पत्रकारको साथमा घटना स्थल गएका छन् उनीहरु आएपछि पहिरो कस्तो हो र कति क्षति भएको विस्तापितको अवस्थाकोबारे जानकारी हुने DDRC का एक सदस्यले धादिङपोष्ठलाई बताए ।