पहिरोमा परि गोरखामा ६ घर पुरियो

Avatar photo
Dhadingpost
बुधबार, असार १५, २०७३

धादिङ असार १५5773485f131c44.07767557

: मंगलबार राति परेको भारी वर्षापछि आएको पहिरोले ६ घर पुरेको छ। गोर्खाको उहिया गाविस-१मा खोर्लाबेसीमा बसोबास गर्ने स्थानीहरुको घरहरु पुरेको हो।
घर पुरिनेहरुमा भक्तवीर घले, आसपपाल गुरुङ,गोपीलाल गुरुङ, सुमती गुरुङ,जीत बहादुर गुरुङ र सुनिता गुरुङ रहेका छन्। पहिरोले भक्तवीर घलेको घर पुरिएको छ भने अन्य पाँच स्थानीयको घरमा क्षति भएपनि सामानहरु निकाल्न सफल भएका छन्।
बिहान तीन बजे आएको पहिरोले गाउँलेहरुलाई विस्थापित हुन बाध्य बनाएको छ। बुढीगण्डकीमा बाढीको सतह बढ्दै गएपछि त्यहा आसपासका करीब ३८ घरधुरी विस्थापित हुने तयारी गरिरहेका छन्। उनीहरु आफ्नो सरसामान बोकेर सुरक्षित स्थानतर्फ लागेका छन्।
भारी वर्षाले बुधबार बिहान समेत सोही स्थानमा पहिरो गएको छ। पहिरोले जनधनको क्षति हुन सक्ने भन्दै जिल्ला प्रसाशन प्रमुख (सिडओ) नारायणप्रसाद भट्टले माछाखोला, मानबु, सिर्दीबासका प्रहरी चौकीलाई खबर गरेको जानकारी दिए।
उनले पहिरोको जोखिममा रहेका घपरिवारलाई उचित स्थानमा स्थानान्तरणका लागि सहयोग गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन्।

यस्तै गोरखाको केरौजामा प्रप्चेत डाँडाको पहिरो खसेको छ।
पहिरोले घान्सु टोल वडा नम्बर १ का ४० घरधुरी विस्थापित भएका छन्। रातभरि परेको पानीले पहिरो आएपछि उनीहरु रातभर सुत्न सकेका छनन्।
यसअघि पहिरो थाम्न लगाइएको तारजाली समेत पहिरोले बगाएको छ। गाउँबाट उनीहरु अन्तै सरेका छन्। पहिरोले सरेपछि के खाने र कहाँ जाने भन्ने अन्योलमा छन्।
यस्तै खोर्ला गाउँमा चार जनाको घर पहिरोले बगाएको छ। स्कुल डाँडाको पहिरो झरेर गाउँमै आएपछि सुपनद्री गुरुङसहितको घरमै पानी पसेको छ। पहिरो जानेक्रम अहिले पनि नरोकिएको स्थानीय विनीता गुरुङले जानकारी दिइन्।