चीनमा तयार भयो सीसाको पुल, सवारी साधनसमेत आवतजावत गर्न सक्ने

Avatar photo
Dhadingpost
मङ्लबार, असार १४, २०७३

असार १४china-bridge-648x430 बेइजिङ (एजेन्सी) । चीनमा सीसाको पुल तयार भएको छ । हालै एक समारोहबीच उक्त सिसाको पुल उदघाटन गरिएको छ । उद्घाटन अघि उक्त पुलमा जडित सीसामा घनले हिर्काएर परीक्षण गरिएको थियो । यस कार्यका लागि केही युवा–युवती परिचालन गरिएको थियो ।

हेनान प्रान्तस्थित युन्ताई पहाडमा ४३० मिटर लामो पुल बनाइएको हो । झोलुंगे शैलीमा बनाइएको यो पुलबाट सवारी साधनसमेत आवतजावत गर्न सक्छ । यो पुलमा सीसाका प्यानल जडान गरिएको छ । सिसाका दर्जनौं प्यानल बिछ्याएर पुलको सतह निर्माण गरिएको छ । (एजेन्सी)