झार्लाङ गाविसमा सामाजिक लेखा परिक्षण

Avatar photo
Dhadingpost
असार १४, २०७३

प्रकाश तामाङ ,
धादिङ झार्लाङ, असार १४ । आफुले संचालन गरेका कार्यक्रमहरुको (प्रयास नेपाल) धादिङले सोमबार झार्लाङ गाविसमा सोमबार सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ ।

सिंगलादेवी मावि झार्लाङको प्राङ्गणमा संस्थाको पारदर्शिता र प्रभावकारीताबारे सेवाग्राही, सेवा प्रदायक तथा सो क्षेत्रका सरोकारवालाहरुको विश्लेषणात्मक लेखाजोखा गर्न सामाजिक लेखा परिक्षण गरेको अध्यक्ष उषा बि.क. ले बताउनु भयो ।

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले आ.ब. ०७२,०७३ मा झार्लाङ गाविसमा जिविकोपार्जन र शिक्षा बिषयगत क्षेत्र अन्र्तगत सामुदायिक विकासका लागि शसक्तिकरण आफ्नो घर आफ्नो परिवार कार्यक्रम र आपतकालिन शिक्षा कार्यक्रम अन्र्तगत संचालित कार्यक्रमको लेखापरिक्षण परिएको थियो ।

पत्रकार बाबुराम श्रेष्ठको सहजिकरणमा भएको सामाजिक परिक्षण कार्यक्रममा उठेका सवालका बारेमा प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक प्रदिप श्रेष्ठ,सामाजिक परिचालक मान बहादुर तामाङले प्रष्ट पार्नु भएको झार्लाङबाट प्रकाश तामाङ जानकारी दिनु भयो ।