धादिङ असार १३ । नेपाली काँग्रेस धादिङ निकट नेपाल किसान संगठनले भुकम्प पिडितलाई एकमुस्ट २ लाख दिन अब्हान गरेका छन् ।
आईतबार सिडियो कार्यालय घेर्न पुगेका काँग्रेस कार्यकर्ताहरुले सिडियो विश्वप्रकास सुवेदिलाई भेटी तत्काल एकमुस्ट २ लाख दिन दिन माग गरेका हुन् ।
भूकम्पपीडितहरुलाई एकमुष्ट २ लाख प्रदान गर, भूकम्पका नाममा हुने भ्रष्टाचार गर्ने संघसंस्थालाई कार्वाही गर लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड सहित सिडियो कार्यालय पुगेको काँग्रेस कार्यकर्ताहरुले सिडियो सुवेदीलाई १५ सुत्रीय माग रहेको ज्ञापन पत्र बुझाइएको छ ।
नेपाल सरकारका प्रधानमन्त्रीलाई सम्बोधन गरिएको उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीलाई ज्ञापन पत्र बुझाउँदै नेपाली कांंग्रेसका जिल्ला सभापति रमेश धमलाले ‘सरकारी वेवास्ताका कारण १४ जिल्लाका भूकम्पपीडितहरु अझै पनि त्रिपालमै कष्टर जिवनयापन गर्न बाध्य भएको छन् ।’ दिने भनिएको २ लाख पनि किस्तामा दिँदा पिडितले कसरी घर बनाउलान् सिडियोले समेत दवाव दिनु पर्ने बताउनु भएको थियो ।
मागपत्रमा भूकम्पपीडितलाई आवास निर्माणको लागि दिइने अनुदान रकम २ लाख किस्ताबन्दीमा भनिएकोमा तत्काल एकमुष्ट प्रदान गरिने व्यवस्था मिलाइनु पर्ने, तथ्याङ्क विभागबाट तयार पारिएको अन्तिम तथ्याङ्कमा धेरै पीडितहरुको घरधुरीको विवरण छुट भएकाले तत्काल समावेश गरी आवास निर्माण अनुदान २ लाख रुपैयाँ प्रदान गर्नु पर्ने ,प्रत्येक गाविसमा अनुदान रकमको सम्झौता गर्नासाथ सोही स्थानमा रकम प्राप्त हुने व्यवस्था मिलाइनु पर्ने, सामूहिक जमानीमा दिइने ३ लाख रुपैयाँ, धितो राखेर ग्रामीण क्षेत्रलाई दिइने १५ लाख रुपैयाँ र सहरी क्षेत्रलाई दिइने २५ लाख रुपैयाँसरल तरिकाबाट तत्काल उपलब्ध गराइनु पर्ने , बुढीगण्डकी डुबान क्षेत्रका बासिन्दाहरुलाई तत्काल पुर्नबास क्षेत्र घोषणा गरी २ लाख रुपैयाँ उपलव्ध गराउनु पर्ने उल्लेख छ ।
पुनर्निर्माण कार्य एकद्वार प्रणालीबाट लागु गरिनु पर्ने उल्लेख गरिएको मागपत्रमा जिल्ला समन्वय समिति मा नेपाली कांग्रेस लगायतका राजनीतिक दललाई अनिवार्य रुपमा तत्काल समावेश गराईनु पर्ने, प्रत्येक गाविसमा आवश्यक पर्ने प्राविधिक जनशक्ति पारदर्शी ढंगबाट परिचालन गरिनु पर्ने, पुनर्निर्माण प्राधिकरण र जिल्ला दैवी प्रकोप उद्धार समिति सहितको अनुगमनको व्यवस्था मिलाउँदै यातायातको सुविधाबाट वञ्चित हिमाली क्षेत्रका तिप्लिङ, लापा, झार्लाङ, सेर्तुङ र रि गाविसहरुमा विशेष व्यवस्थासहित वितरण प्रक्रिया सरल बनाइनु पर्ने उल्लेख छ ।
भूकम्पका कारणले जिल्लाभरिको खानेपानी अवस्था अत्यन्त विकराल रहेको तर सरकारले उपलब्ध गराएको रकम वितरण नगरिएकाले तत्काल गरिनुका साथै भूकम्पका कारणले जिल्ला भित्र भत्किएका सार्वजनिक महत्वका सरकारी तथा गैरसरकारी भवनहरुको पुनर्निर्माण तत्काल सुरु गरिनु पर्ने उल्लेख छ ।
नेपाली कांग्रेसले सरकारलाई बुझाएको मागपत्रमा पर्यटन पूर्वाधारको पुनर्निर्माण तत्काल सुरु गरि पौराणिक र ऐतिहासिक महत्वका मठमन्दिर, गुम्बा, मस्जिद लगायतका धार्मिक धरोहरको पुनर्निर्माण तत्काल सुरु गर्न पनि नेपाली काँग्रेस धादिङले आग्रह गरेको छ ।