गंगालाल गुरुङ
असार १२ धादिङ
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङको पाँचौ जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले आगामी तीन बर्षको लागि हिमाल घले अध्यक्ष रहने गरि नयाँ कार्य समिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा कमला थापा द्धितिय उपाध्यक्षमा सुजिता थापा मगर सचिवमा प्रकाश विनायक सहसचिव सन्दिप थापा मगर र कोषाध्यक्षमा मनमाँया वाईवा चयन भएका छन ।
१५ सदस्यीय रहेको प्रतिष्ठानको सदस्यहरुमा प्रमोद कुमार सिलवाल , संगीता सुवेदी , विनु तामाङ , खेम राना , दलमान तामाङ, आरम्भ तामाङ, विन्दा परियार , हरि अधिकारी , सरिसा पाटा मगर , दिवाकर रिमाल , भगवति लामिछाने मगर , गणेश लामा , सिताराम परियार , मैयाँ सेढाई र सिता लामा चयन भएका छन । चर्चित कलकारहरु र स्थानिय कलाकारहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
यता जिल्लामा प्रतिष्ठानको अधिवेशन भईरहदा आफूहरुलाई केहि खवर समेत नभएको धादिङमा जन्मेर लोक दोहोरी एल्बम समेत निकालि सक्नु भएको गायिकाले नाम नभन्ने सर्तमा बताएता छन । धादिङमा लोक दोहोरी प्रतिष्ठानको अधिवेशनमा तपाईलाई खवर भयो कि भएन ? भन्ने प्रश्नमा स्वयम गायिका बताउछिन हामिलाई कस्ले खबर गर्छ र ?अरु साथीहरुबाट सुनेको थिए धादिङमा प्रतिष्ठानको अधिवेशन हुदै छरे भनेर तर मलाई खबर आएन । अधिवेशन हुदा मलाई नबोलाएको ३, ४ बर्ष भईसक्यो पहिला त खबर हुन्थ्यो आजभोली खबर छैन ।
यी गायिका त एउटा उदाहरणको पात्र मात्र हुन धादिङ जिल्लामा जन्मेर नेपाली लोक साङगितिक क्षेत्रमा लागेका गायक तथा गायिकाहरुलाई एकतावद्ध गर्नु प्रतिष्ठानको कर्तव्य हो तर हामिलाई कुनै जानकारी नै नआएको धादिङमा नै जन्मिएर करिव ७ , ८ वटा दोहोरी गीत बजारमा ल्याइसक्नु भएका अर्का एक कलाकारले गुनासो पोखे ।
समग्र जिल्लाको प्रतिनिधित्व गर्ने संस्थाले सबै कलाकार समेटेर एक ढिक्क भई अगाडि बढनु पर्नेमा वास्तविक कलाकारहरु नै यस प्रतिष्ठानबाट बाहिर रहनुले भोलिका दिनमा प्रतिष्ठानमा लोक कलाकार कति रहने भन्नेमा प्रश्न उब्जीएको छ ।
प्रतिष्ठानको कार्यसमिति सदस्यमा अटाउन नसकेका कलाकारहरु
१. बिरु लमा
२. रमा राना मगर
३. पवित्रा अधिकारी
४. मुना बानिया
५. प्रदिप अधिकारी
६. सानु वि.क
७. अविरल थापा मगर
८. राकेश गुरुङ
९. सुनिता बागदास
१०. आकाश चेपाङ
११. शम्भु त्रिपाठी
१२. सिताराम सुनार
१३. उज्जवल विवश
लगायत अन्य धेरै कलाकार छुटेका छन । हाल कार्यसमितिमा रहेकाहरुले कति वटा गीत बजारमा ल्याएका छन त्यो पनि अनभिज्ञता रहेको पाईन्छ ।