काठमाडौं असार १२ । ज्यामरुङ काठमाडौं संघिय जनसम्पर्क मन्चको तेस्रो अधिवेशन तथा वनभोज कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
मञ्चले काठमाडौंको वाईसधारा पार्कमा एक खुल्ला कार्यक्रम तथा वनभोजको कार्यक्रमको बीचमा अधिवेशन सम्पन्न गरेको हो ।
अधिवेशनबाट ज्यामरुङ काठमाडौं संघिय जनसम्पर्क मन्चमा गणेश धमलाको अध्यक्षतामा ७१ सदस्यीयहरु निर्वाचित भएका छन् ।
धादिङ ज्यामरुङबाट काठमाडौं गई विभिन्न पेशा र व्यवसाय गर्दै आएको हरुको यस मञ्चको अधिवेशन तथा वनभोजमा नेकपा माओवादी केन्द्र धादिङका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको काठमाडौंबाट कमल सापकोटाले धादिङपोष्टलाई बताउनु भयो ।