किराञ्चोकमा आठ करोड चौन्न लाख खर्च गर्ने गरि विद्युतीकरण सुरु

Avatar photo
Dhadingpost
सोमवार, असार ६, २०७३

बिक्रम अधिकारी
धादिङ, किरान्चोक । घर अगाडि फलामे पोल र तेसमा टाँगिएको तार देखेर दङ्ग पर्दै किरान्चोक ५ थुम्किडाडा निवासी बिबि माया तामाङ अब आफ्नै घरमा बिजुलि बत्ति बाल्न पाउने नजिकिएको बताउनु हुन्छ ।

बिजुली बत्ती बाल्न नपाउदै मरिन्छ कि जस्तो लागेको थ्यो, तर विद्युतिकरणको काम तिब्र गतिमा अघि बढेकोले आफ्नै जिबन कालमा बत्ती बाल्न पाइन्छ कि भन्ने आशा जागेको छ, तामाङ ले थप्नु भयो । नेपाल सरकारको सामुदायिक विद्युतिकरण कार्यक्रम अन्तर्गत धादिङको किरान्चोकमा सन्चालन हुन लागेको किरान्चोक विद्युतिकरणको काम तीब्र रुपले सन्चालन भैरहेको छ ।

बि.सं.२०६८ सालमा स्थापना भएको बेल्खु खोला ग्रामीण विद्युत सहकारी संस्था को पहल मा नेपाल सरकार को ९०र१० कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम बेल्खु खोला ग्रामीण विद्युत सहकारी संस्था ले सन्चालन गरेको हो । नेपाल सरकार को ९० प्रतिशत र स्थानीय वासिन्दा, गाबिस, जिबिस, लगाएत विभिन्न संघ संस्था को सहयोगमा १० प्रतिशत गरि कुल आठ करोड चौन्न लाख मा उक्त योजना सन्चालन हुन लागेको संस्था का अध्यक्ष हरिशरण तामाङ ले जानकारी दिनु भयो ।

जय दुर्गे जेबि कन्ट्रक्सन प्रा।लि त्रीपुरेस्वर काठमाडौ ले उक्त प्रोजेक्ट को ठेक्का लिएको र हाल तिब्र गतिमा काम भैरहेको अध्यक्ष तामाङ ले बताउनु भयो । गत बर्ष नै बत्ती बालिसक्नु पर्ने भएता पनि गत बर्ष बैशाख १२ गते गएको बिनासकारी महाभुकम्प को कारण काम केही ढिला भएको हो ।

किरान्चोक को नौ वटै वडामा तार पोल को काम सकि सकेको र ट्रन्सफर्मर समेत आइसकेका ले दशै भित्र जसरी नि बत्ति बाल्ने लक्ष्य छू अध्यक्ष तामाङ ले भन्नूभयो । सबै ठाउँमा मोटर जादैन, तार पोल त जसो तसो पुर्याइयो, मनसुन सुरु भएकाले पानी परिरहन्छ त्यसैले ट्रान्सर्फमर पुर्याउन भने केही समस्या हुन्छ जति नै समस्या भएपनी अबको दुई महिना भित्र सबै काम सकिने छू।
राजधानी काठमाडौ बाट नजिकै रहेर पनि अन्धकारमा बस्न बाध्य किरान्चोक बासी उज्यालोमा बस्न पाउने भए पछि हर्षित भएका छन् ।
उक्त परियोजना ले धादिङ जिल्ला अन्तर्गत किरान्चोक गाबिसको १३९३ घरधुरी का साथै पीडा गाबिस अन्तर्गत वडा नम्बर ६ का सिमान्तकृत १५० घरधुरी चेपाङ समुदायलाई समेत समेट्ने छ।

भौगोलिक बिकट्ताको कारण विद्युतिय उपकरणहरु गाउँ गाउँ मा पुर्याउन कठिनाइ भएकाले केहि ढिला भएको भन्दै संस्था का कोषाध्यक्ष दिपेन्द्र कुमार भन्डारी ले भने बिनाशकारी महाभुकम्प, भौगोलिक बिकट्ता जस्ता विभिन्न चुनौतिहरु आएपनी अब भने छिट्टै बत्ती बल्छ, बत्ती बल्ने कुरामा कसैले पनि संका गर्नु पर्दैन। साथै उहाँ ले केही स्थानीय बासिन्दा ले पैसा बुझाउन बाकी रहेको ले छिट्टै पैसा बुझाउन समेत आग्रह गर्नु भएको छ। यस अघि प्रती घरधुरी रु ५१०० उठाएता पनि संस्था को निर्णय अनुसार पहिला पैसा बुझाउन बाकी स्थानीय बासिन्दा हरुले रु ८१०० बुझाउनु पर्ने कोषाध्यक्ष भन्डारीले बताउनु भयो । त्यस्तै संस्था का सचीव रबि आले ले पनि अब छिट्टै बत्ती बल्ने कुरामा जोड दिदै सबै स्थानीय बासिन्दा लाई ढुक्क रहन अनुरोध गर्नु भयो ।

गरिबी तथा अशिक्षा को कारण केही स्थानीय बासिन्दा ले पैसा बुझाउन अटेर गरेका ले केही ब्याक्ती को जग्गा धनी लालपुर्जा समेत बैंक मा राखेरै भएपनी काम अघि बढाइएका ले पैसा बुझाउन बाकी सबै स्थानीय ले संस्था को कार्यलय मा सम्पर्क गरि रकम भुक्तानी गरि महत्त्वपूर्ण सहयोग गरिदिन आग्रह गर्नु भएको छ । त्यसै गरि किरान्चोक ५ दोभानखर्क निवासी ५७ बर्षिय मेन्दो तामाङले भन्नुभयो घर अगाडि फलामे पोल र तार टागिसके अब बिजुलि बत्ति बाल्न पाइन्छ, अँध्यारो मा बस्ने दिन गए, सोलार बत्ती आयो, जसोतसो ॠण गरेरै भएपनी सोलार बत्ती बालेरै उज्यालोमा बसियोू। सोलार बत्ती आएपछि दियालो र टुकि बाल्नु पर्ने बाध्यात्मककारी परिस्थिति को त अन्त्य भयो नै
तर आठ नौ हजार तिरेर सोलार बत्ति ल्याउदा पनि घाम नलाग्दा राम्रो सङ्ग बत्ती नबल्ने भएकाले साँझ बिहान निकै कस्टकरमय बनेको कुरा स्मरण गर्नु हुदै अब यी सबै दुख को दिन गएको र बिजुली बत्ति छिट्टै बाल्न पाउने भएपछि खुसी लागेको बताउनु भयो।
त्यसै गरि पिडा ६ माथिल्लो स्याङ्गमै का डम्बर चेपाङ ले पनि विद्युतिकरण को काम तिब्र रुपले अघि बढेको प्रती खुसी व्यक्त गर्नु भयो । आफ्नै गाबिस मा खोला पारी बत्ती बलेको छ उता बैरेनी गाबिसमा पनि बत्ति बलिसक्यो तर आफू हरु भने अन्धकार मा बस्नु परेको प्रती आपत्ति समेत प्रकट गर्नु भयो। उहाँले भन्नू भयो हुने खानेले त सोलार बत्ती ल्याएर बाले आफ्नो भने बिहान बेलुका हात मुख जोर्न त धौधौ परेको छ कसरी उज्यालो मा बस्न पाउनु । एक फरक प्रसङ्ग मा नेता हरु प्रती इङ्गित गर्दै उनले भने यो भन्दा अघि चुनाव आउदा यो गरिदिन्छु उ गरिदिन्छु भन्दै अनेकथरी झुटा आश्वासन मात्र दिएर जान्थे त्यस पछि न गाउँ नै फर्कन्थे न त बोलेको कुरानै पुर्याउथे, त्यसैले यो भन्दा अघि नेताहरु जस्ले जे गरिदिन्छु भने पनि बिश्वास लाग्दैनथ्यो तर अहिले को पटक भने विद्युतिकरण को काम तिब्र रुप ले सन्चालन भएका ले अब भने बत्ती बल्छ र उज्यालो मा बस्न पाइन्छ कि भन्ने आशा पलाएको उनले बताए ।
उक्त विद्युतिकरण परियोजना बाट किरान्चोक गाबिस का करिब १३९३ घरधुरी र पीडा ६ का १५० घरधुरी गरि झन्डै १५४३ घर परिवार लाभान्वित हुने छ्न ।