चारवर्षे बिबिएस प्रथम वर्ष परीक्षाफल प्रकाशित

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ ३२, २०७३

जेठ ३२

त्रिवि, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ असोज तथा मङ्सिर/पुस महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ चारवर्षीय स्नातक तह (बिबिएस) प्रथम वर्ष २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षाको मर्यादा विपरीत काम गर्ने परीक्षा क्रमाङ्क, ७०१५०४०८, ७०१९०२५९, ७०३९०२८०, ७२६२००४३, ७२७८०२७७, ७३९६००९५, ७७५४००७३ र ७०८४६०००९ का परीक्षार्थीलाई २०७३ सालसम्म दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको कार्यालयले जनाएको छ ।