स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाखको बीमा

Avatar photo
Dhadingpost
सोमवार, चैत्र १७, २०७६

काठमाडौं चैत्र १७ । नेपाल सरकारले कोरोना भाइरस संक्रमण तथा रोकथामका खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाख रुपैयाँको बीमा गरि दिने ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड १९ संक्रमण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई असार मशान्तसम्मका लागि २५ लाखको बीमा गरि दिने निर्णय गरेको हो ।

डाक्टर, नर्स, एम्बुलेन्स चालक, र सुरक्षाकर्मीको विमा हुने उनले बताए । उनीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० निशुल्क उपलब्ध गराउने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले बताएका छन् ।