
काठमाडौं चैत्र ६ । नेपाल सरकारले विश्वका ५५ मुलुकबाट नेपाल आउन प्रतिबन्ध गरे पनि चिन र भारतको लागि बन्द गरेको छैन ।
५५ मुलुकबाट हवाई सेवा बन्द गरेको नेपाल सरकारले भारतबाट चल्ने हवाई उडान बन्द नगर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दैनिक १५० भन्दा बढी भारतीय नागरिक नेपाल आइरहेका छन् ।
हाल सम्म कोरोनाबाट सुरक्षित देखिएको नेपालमा बुधबार मध्याह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेका सिवाङ गुप्ताले भारतमा कोरोना भाइरस फैलिएपछि नेपाल आएको बताए । उनी भारतको चेन्नाइबाट आएका हुन् ।
उनका अभिभावक नेपालमा ३० वर्षदेखि बसोबास गरेकोले यतै बस्न आएको उनले सुनाए । नेपालमा अहिलेसम्म नफैलिएकोले यहाँ सुरक्षित होला भनेर यतै बस्न आएको उनको भनाई छ । अप्रिल दोस्रो हप्तासम्म उनी पढने कलेज छुट्टी छ । त्रिभुवन विमानस्थल भित्रको स्वास्थ्य परीक्षण गर्ने शैली चाहिँ खासै प्रभावकारी लागेन, उनले भने ।