धादिङ महोत्सव जारी, फागुन ७ गते यी कलाकार आउँदै छन्

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ६, २०७६

धादिङ फागुन ६ । धादिङ उद्योग वाणिज्य संघले धादिङबेसी स्थित खुल्लामञ्च टुडिखेलमा आयोजना गरेको सातौं धादिङ महोत्सवको साताैं दिन (फागुन ७ गते) ८ जना ख्याती प्राप्त कलाकारहरु आउने भएका छन् ।

“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ सुरु भएको महोत्सवको साताैं दिन (फागुन ७ गते) नविन पौडेल, कला लम्साल, लजिकल कमेडियन हिमेश पन्त, श्याम बुर्लाकोटी, बिन्दा परियार, सपना रोक्का, कृष्ण शिशिर लगायतका कलाकारहरु आउने भएका हुन् ।

महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहेका छन् ।

फागुन १३ गते सम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा कला प्रदर्शन, स्थानीय तहमा उत्पादन हुने बस्तु तथा सेवाको प्रद्धर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल, रमाइलो मेलाहरु रहेका छन् ।