धादिङ फागुन १० । धादिङको बेनिघाट रोराङ गाउँपालिका ९ को विकट चेपाङ बस्तीको रुपमा लिईने रोबाङमा रहेको रोबाङ आधारभुत विद्यालयको नयाँ भवन हस्तान्त्रण तथा उद्घाटन गरिएको छ ।
भवन उद्घाटन गर्न विकट गाउँ पुगेका गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) ले शैक्षिक विकासको लागि पुर्वाधार विकासमा सहयोग गरि नेपाल जेसियुथले भवन निमार्णमा महत्वपूर्ण सहयोग गरेको बताएका थिए ।
विद्यालयको नव निर्मित भवन शनिबार उद्घाटन गर्दै प्रमुख अतिथि डल्लाकोटीले विद्यालयको भवन बनेको छ, भवन त बाहिरी आवरण हो, अब भवन जस्तै शैक्षिक गुणस्तर पनि सुन्दर बनाउन आग्रह गरेका थिए ।
अबको केहि दिनमा रोबाङ टुकि बत्ती मुक्त हुने बताउँदै विद्युत सेवा प्रवाहको लागि अब मिटर बक्समात्र आउन बाँकी रहेको समेत डल्लाकोटीले बताएका थिए ।
डल्लाकोटीले सडक सञ्जाल सँग रोबाङलाई जोडेका छौं, अब शिक्षा स्वास्थ्य र खानेपानीबाट कोहि चेपाङ परिवारलाई अफ्ठ्यारो नहोस् भनेर गाउँपालिका लागि परेको समेत बताएका थिए, विद्यालय व्यवस्थापन समतिका अध्यक्ष भिम आलेमगरले जानकारी दिए ।
स्पेनिस सहयोगबाट उक्त ४ कोठे विद्यालय भवन ७४ लाख ९४ हजारको लागतमा बनेको थियो । कार्यक्रममा वडा अध्यक्ष सुरेस मल्ल, स्पेनिस नागरिकहरुको आतिथ्यता रहेको थियो ।