धादिङ
जेष्ठ २७, – बिहीबार नेपाल बन्दको आव्हान गरेको माओवादी विप्लव समूहले सडकमा बेवारिसे अवस्थामा राखेको शंकास्पद वस्तुले ४ घण्टादेखि त्रिभुवन राजमार्ग अवरुद्ध भएको छ ।
‘नौविसेको याकघर नजिकै सडकमा फेला परेको वोतललाई कामलो टेपले बाँधेको र बिजुलीको तार समेत जोडिएको वस्तु सडकमा फेला परेपछि प्रहरी स्कर्टिङमै आवत जावत गर्ने सार्वजनिक सवारीसाधन जाममा परेका हुन्,’ जिल्ला स्थित वरिष्ठ प्रहरी उपरीक्षक शरदकुमार खत्रीले बताए ।
प्रहरीले राजधानीतर्फ प्रवेश गर्ने सवारीसाधनलाई खानीखोलामै रोकेको छ भने राजधानीबाट बाहिरिनेलाई नागढुंगामा नै रोकिएको छ ।
उक्त शंकास्पद वस्तुको अनुसन्धान गरि निस्क्रिय गर्न नेपाली सेनाको बैरेनीस्थित ६ नम्बर बाहिनीबाट प्राविधिक टोली उक्त स्थानमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।