राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङको निधन

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ २५, २०७३

timthumb

धादिङ जेठ २५
सयौ थुंगा फूलका हामि नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति अम्वर गुरुङको ७९ बर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ ।
ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालको सघन उपचार कक्ष आइसियू मा उपचाररत गुरुङको राति दुइ बजेर सैंतीस मिनेटमा निधन भएको हो ।
खानेकुरा खानेबित्तिकै वान्ता भइहाल्ने समस्या भएपछि गुरुङलाई गत सोमबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल ल्याइएको थियो ।
गुरुङको उपचारमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका क्रिटिकल केयर मेडिसिनका चेयरम्यान तथा इन्टरनल मेडिसिनका कन्सल्ट्यान्ट फिजिसियन, पल्मोनोलोजी तथा क्रिटिकल केयर बिशेषज्ञ प्रा।डा। अर्जुन कार्कीको टिम सँगै कन्सल्ट्यान्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा। बिबेक शर्मा, कन्सल्ट्यान्ट न्युरोलोजिष्ट डा। राजु पौडेल लगायतका डाक्टरहरु संलग्न हुनुहुन्थ्यो ।
लामो समयदेखी मधुमेह उच्च रक्तचाप तथा पार्किन्सन्सको उपचार गराईरहनु भएका गुरुङलाई गतसाता एस्पिरेसन न्युमोनिया, पेट तथा अन्न नलिको रक्तश्राव ९युजिआई ब्लिडिङ० को उपचारकालागि भर्ना गरिएको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा। चक्रराज पाण्डेले जानकारी दिनुभएको छ ।
सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मनुभएका गुरुङले नेपाली संगित क्षेत्रको उत्थानकोलागि महत्वपूर्ण योगदान दिनुभएको छ ।
राष्ट्रिय गानका संगितकार गुरुङले सयौंको संख्यामा लोकप्रिय र कालजयी नेपाली गितहरुमा स्वर तथा संगित भर्नुभएको छ ।
उहाँले महाकबि देवकोटाको लोकप्रिय गीतिनाटक कुन्जिनी र मुनामदन, राष्ट्रकवि माधव घिमिरेको लोकप्रिय गीतिनाटक मालति मङ्गले लगायतका कृतिहरुमा पनि संगित दिनुभएको छ ।उहाँ भारतको मेदान्त अस्पतालमा उपचार गरी गएको चैत १७ गते नेपाल फर्किनुभएको थियो । दार्जिलिङमा १९९४ फागुन १४ मा बुवा उजिर सिंह गुरुङ र आमा रेनुका देवीको कोखबाट उहाँको जन्म भएको थियो । उहाँका बुबा र हजुरबुबा देवराज गुरुङ पनि सेनाका जागिरे हुनुहुन्थ्यो । अम्बर गुरुङको पुर्ख्यौली घर गोरखा जिल्लाको रिसिङ हो । उहाँका तीन छोरा र एक छोरी छन् ।
संगीतकार गुरुङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान ११ बजेपछि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा राखिने साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो ।