जेठ २५ धादिङ
धादिङको निलकण्ठ नगरपालिका १३ मधुवन स्थित आचार्य गाउमा मा रहेको सुर्यकण्ठ प्राथमिक विद्यालयको नवनिर्मित भवनको समुद्धघाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गत वर्ष बैशाख १२ गतेको भुकम्पको कारण विद्यालय भवन भत्किएपछि द आर्ट अफ लिभिङ पोखरा केन्द्रले भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो ।
विद्यालय भवन निर्माणमा द आर्ट अफ लिभिङ पोखरा केन्दको माध्यमबाट स्वयम द आर्ट अफ लिभिङ पोखरा, केन्द्रकै विपिन देशाई र माउण्ट कैलाश रिर्सोट पोखराबाट १५ लाख रुपैयाँ सहयोग प्राप्त भएको कार्यक्रममा जनाईएको छ । यसैगरी पोखराको पञ्चकन्या मेटलले विद्यालय भवन निर्माणमा प्रयोग हुने सामानमा छुट दिएको द आर्ट अफ लिभिङ पोखराका डिटिसी बाबुराम बरालले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितीका कुल प्रसाद लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा नेपाल टे«किङ एजेन्सीज एसोसियन नेपालका पुर्व अध्यक्ष रमेश धमलाको प्रमुख आतित्थ्यता रहेको थियो ।
यसैगरि कार्यक्रममा द आर्ट अफ लिभिङ पोखरा सेन्टरका डिडिसी बाबुराम बराल, सिक्षक श्याम पाण्डे, विष्णु मल्ल ठकुरी, सदस्य सफलता आचार्य लगायतको आतित्थ्यता रहेको थियो । यसैगरि विद्यालयमा अध्ययनरत १६ जना विद्यार्थीहरुलाई लत्ता कपडा, शैक्षिक सामाग्री पनि वितरण गरिएको छ ।