जिल्ला बिगार्ने नेताले भोली केन्द्र पनि बिगार्छ

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ १५, २०७३

विभिन्न चरणमा फुटेका माओवादीहरु मिलेर नयाँ पार्टी गठन गरेपछि विश्वमानै एउटा तरङ्ग पैदा भयो । नयाँ बनेको नेकपा माओवादी केन्दले भाग बन्डा मिलाउन केन्द्रीय सदस्यको सुची जम्बो बनाएको आरोप कार्यकर्ता देखि शुभचिन्तकहरुले लगाए पनि । जम्बो कार्यसमिति जसरी बन्यो, त्यो हेर्दा माओवादी पार्टीअरुको एकता भित्र अनेक आसङ्का गर्ने ठाउँहरु धेरै भेटिन्छन् । केन्द्रीय सदस्य मनोनयन गर्ने सुचिर प्रक्रियाको विषयको लागि धादिङ जिल्लालाई हेर्दा नै ति आशङ्काहरु उब्जन्छन् ।

सन्र्दभः नेकपा माओवादी केन्द्र धादिङ विषय वस्तु उठान गर्दैछु । हालै केन्द्रीय समितिमा धादिङ जिल्ला पार्टीका अध्यक्ष रामबहादुर भण्डारीलाई हटाई सचिव विजय बुर्लाकोटीको मात्र केन्द्रीय समितिमा नाम परेपछीका राजनितिक घटनाक्रमले मेरो मानसपटलमा धेरै कुराहरुले १०० मिटर रेस गरिरेका छन् ।

मैले कक्षा ९ मा पढ्ने क्रममा साथीहरुको अटो भर्दा अरुले भनेको सुनेको भरमा राजनिती भनेको फोहोरी खेल हो, भनेर लेखेको थियो । तर बुझने भैसकेपछी सबै नितिहरुको पनि निति राजनिति हो, यो आफैमा फोहोरी हैन गलत मनसाय बोकेर राजनितिमा आउनेहरुले फोहोरी बनएको हा,े भन्ने बुझेर देशलाई संवृद्धीतर्फ डोराउने हो भने हामी जस्तो युवाहरुको आवश्यकता छ भन्ने लागेर माओवादी पार्टीमा लागीयो ।
यो पार्टीले उठाएको मुद्धा सामाजवाद हँुदै साम्मेवादमा जाने धनि र गरिवको खाडल पुरी वर्गविहिन सामाजको परिकल्पना गरेकोले त्यहि सपना देख्दै म जस्ता लाखौं युवाहरु यो पार्टी प्रति आकर्षित बनेका छन् ।

यहाँ कसैप्रति आग्रह पुर्वाग्रह गर्नु भन्दापनि पार्टीमा मौलाउदै गएको विकृतिले जिल्ला पार्टी कता जाँदै छ र कस्तो बन्दै छ भन्ने कौतुहलता जागृत हुन थालेका छन् । धादिङकै कुरा गर्ने हो भने पनि, माओवादी केन्द्रको केन्द्रीय सदस्य बनाउँदा गम्भिर त्रुटि गरिएको छ, त्रुत्रि पनि जाना जान नातावाद र कृपावादका साथ विधि प्रक्रिया मिचेर त्याग तपस्य र वर्यताक्रम नै नहेरी निर्णय गरिएको छ ।जिल्ला अध्यक्ष रामबहादुर भण्डारी र कमरेड शालिन नेता विजय बुर्लाकोटी बीचको सुमधुर सम्बन्धलाई विभाजित बनाउन एकादमान्छेहरुको मनोगत योजनाले काम गरेको देखिन्छ ।

यतिवेला धादिङका सामान्य माओवादी सुभचिन्तकहरुले आक्रोस पोखि रहेका छन् । विधि र प्रक्रिया उल्लङ्घन सहितको नयाँ पार्टी बन्दै गरेको प्रति । नेताको अगाडी त्वमसरणम् गरेर जुत्ता मोले नेता हुन पाईने नत्र नपाईने साथै पैसावालाहरुको मात्र बोली सुनिने जस्ता गलत संकृतिको जर्बजस्त रुपमा बिजारोपण गराउदै छ । वर्गविहिन समाजको परिकल्पना गर्ने पार्टीमा नै वर्ग जन्माउदै छ । केन्द्रीय सदस्यमा जिल्ला अध्यक्ष परेन र सचिव परेको कुरा भन्दा पनि गलत विधिको सुरुवात भएको प्रति अपत्ती हो । के धादिङबाट अध्यक्ष र सचिव दुवै केन्द्रीय सदस्य बन्न लायक थिएनन् ।

यहाँ ……. भन्दा पनि काल पल्केकोमा चिन्ता हो । हामी युवाहरुलाई पार्टीलाई अगाडी बढाउने क्रममा धादिङको हकमा जे निर्णय गरिएको छ, त्यो स्वीकार्य छैन । पार्टी बनाउने र हजारौ वेपत्ता तथा सहिदहरुले देखेको सपना पुरा गर्ने हो भने सम्पुर्ण इमानदार कार्यकर्ताहरुले यस्ता गलत प्रवृतिको बिरुद्ध एक भएर लड्न जरुरी छ । नत्र आज रामेलाई खाने बाघले भोलि स्यामेलाई पानि खान्छ । अध्यक्ष प्रचन्डले पनि यस्ता मान्छेहरुलाई चिन्न जरुरी छ । होईभने पाठो खाने स्यालले भोली पाडो नखाला भन्ने सकिदैन । त्यसैले जिल्ला बिगार्ने नेताले भोली केन्द्र पनि अबस्य विगार्छ । चेतना भया । लेखक: नेकपा माओवादी केन्द्र धादिङका जिल्ला समिति सदस्य हुनु हुन्छ ।