विपद सहयोगका लागि विद्यालयमा कोष स्थापना

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ १२, २०७३

धादिङ, मूलपानी, जेष्ठ १२ । उत्तरी धादिङको मूलपानी गाविसका विद्यालयमा विपद व्यवस्थापवन कार्ययोजना निर्माण गरी विपद पूर्व तयारी कोष स्थापना गरिएको छ ।

विपद पूर्वको तयारी, विपदको समयमा गरिने योजना र विपद पछिको अवस्थाहरुको विश्लेषण गरि यसबाट बच्ने उपायहरुबारे मूलपानी गाविसका पाँच विद्यालयले विपद जोखिम व्यवस्थापन योजना निर्माण गरिएको हो ।

मूलपानी गाविस सिथत महेन्द्रोदय मावि र सरस्वती प्राविले भूकम्प गएको एक वर्षपछि पूर्व तयारीका लागि कोष स्थापना गरेको महेन्द्रोदय माविका प्रधानाध्यापक कमलबहादुर थापाले बताउनुभयो ।

भूकम्पले विद्यालय भत्किएपछि पुनः निर्माणमा लागेको बेलामा विद्यालयहरुले विपद जोखिम व्यवस्थापन योजना बनाएका हुन् । विपद जोखिम योजना अन्तरगत विद्यालयहरुले कोष निर्माण गरी विपदको समयमा बढी समस्या पर्नेलाई सुरक्षित गरिने सरस्वती प्राविका प्रधानाध्यापक शान्ति थापाले बताउनुभयो ।