न्युजिल्याण्ड । प्रवासी नेपालीहरुको संगठन एनआरएनले ओसिनिया क्षेत्रको बैठक न्युजिल्याण्डमा हुने भएको छ ।
‘समृद्ध नेपालका लागि साझेदारी’ भन्ने नारा मे २८ का दिन नेपालमा गएको महाभूकम्प पश्चातको पुनर्निर्माणको कामलाई प्रभावकारी रुपमा सन्चालन सुझाव दिने गरि न्युजिल्याण्डमा हुन लागेको हो ।
बैठकले एनआरएनले भूकम्पका कारण घरबार गुमाएका र ज्यान गुमाएकाहरुका लागि सहयोग पुर्याउन गरेको प्रतिवद्धताहरुलाई प्रभावकारी तवरले पीडितहरुसमक्ष पुर्याउन समेत विशेष पहल गर्ने भएको छ ।
एनआरएन न्युजिल्याण्डले गर्न लागेको उक्त कार्यक्रम पहिलो पटक सर्वोच्च शिखर सगरमाथामा पाइला राख्न सफल न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपाली शेर्पा तन्जिङ्ग नोर्गेको सम्मानमा गर्ने भएको छ ।