कृष्णराना मगर,
धादिङ, मुलपानी जेष्ठ ८ । कमलदेवी निमावि मुलपानी २,मुर्चोकमा विद्यालय स्तरीय विपत जोखिम व्यवस्थापन गोष्ठी सम्पन्न भएको छ ।
गैर सरकारी संस्थाको सहयोगमा कमलदेवी निमावि मुलपानी २ मुर्चोकमा विपत जोखिम व्यवस्थापन गोष्ठी संचालन गरिएको हो ।
कार्यक्रममा शिक्षक ,बाल क्लबका विद्यार्थी र विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक समिति का समेत गरि ३४ जनाको सहभागीता रहेको थियोे ।
२०७३ जेठ ७ गतेबाट सुरु भएको उक्त गोष्ठी विद्यालयको विपत जोखिम व्यवस्थापन योजना बनाउदै आज सकिएको छ।