किराञ्चोक गाविस कार्यालयमा अनिश्चितकालिन ताला बन्दी

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ ७, २०७३

उपेन्द्र जमकट्टेल
धादिङ किराञ्चोक जेष्ठ ७ । धादिङ क्षेत्र नं. ३ स्थित किरान्चोक गाउँ विकास समितिको कार्यालय तालाबन्दी गरिएको छ ।

जिल्ला विकास समिति धादिङले आफ्नो वेभ साईट मार्फत सार्वजनिक गरेको ग्रामीण आवास अनुदान तथा ग्रामीण पूर्वाधार पुनर्निमाण केन्द्रीय आयोजना कार्यान्वयन इकाईबाट ईमेल मार्फत प्राप्त राष्ट्रिय पुनर्निमाण प्राधिकणको कार्यसमितिको निर्णय अनुसार स्वीकृत निम्न गाविसको निजी आवास अनुदान प्राप्त गर्ने लाभग्राहीको नामावलीमा आफुहरुको नामावली समावेस नभएको भन्दै आज गाविस कार्यालय ताला बन्दी गरेका हुन् ।

मुल्याङ्कन गर्न आएका ईन्जिनियरले लापरबाही पूर्ण तरिकाले घर नाप्दै हिड्ने गरेकोले इन्जिनियर लाई समेत कारबाहिको गर्नु पर्ने स्थानियले बतायका छन ।

वास्तविक भुकम्प पीडितले घर बनाउने पैसा नपाए कडा रुपले संघर्ष गर्ने पिडितहरुले बताएका छन् । यो समस्या जिल्लाको सबै गाविसमा भएको र जिल्ला समन्यय समितिको बैठक वसी थप निर्याय गरिने जिल्ला विकास समिति धादिङका एक कर्मचारीले बताए ।

भुकम्पवाट क्षतिग्रष्त निजी आवास पुनःनिर्माण अनुदान का लागि किराञ्चोकबाट ११ हजार ०८ घर धुरेली पाउने उक्त वेभ साईटमा उल्लेख छ ।