धादिङबेसी जेष्ठ १ । अखिल नेपाल निमार्ण मजदुर संघको जिल्ला कार्य समिति धादिङको अध्यक्षमा निर बहादुर नेपाली चयन हुनु भएको छ ।
शुक्रबार धादिङबेसीमा सम्पन्न भएको भेलाले उपाध्यक्षमा अर्जुन अधिकारी, सचिव टंक मान शाक्य, कोषाध्यक्ष रमेश ढकाल, सह–सचिव बलबहादुर कुमाल सहित ११ जना नँया कार्य समितिको चयन गरिएको हो ।
अखिल नेपाल टे«ड युनियन महासंघ धादिङका अध्यक्ष बद्री सुवेदीको अध्यक्षता रहेको कार्यक्रममा एकिकृत नेकपा माओवादी धादिङका अध्यक्ष राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अखिल नेपाल निमार्ण मजदुर संघका इन्चार्ज कुल प्रसाद काफ्ले, एकिकृत नेकपा माओवादी धादिङका जिल्ला सचिव बिजय बुर्लाकोटी, सह सचिव मनराज भण्डारी, जिल्ला होटल मजदुर संघका अध्यक्ष शंकर तामाङ लगायतको आतिथ्यता रहेको थियो । यसै गरी उद्घाटन समारोहमा बोल्लनु हुादै एकिकृत नेकपा माओवादी धादिङका जिल्ला अध्यक्ष रामबहादुर भण्डारीले मजदुरहरुको हक अधिकारको लागि एमाओवादी पार्टी सधै संघषएरत रहने बताउनु भएको छ ।
यसै गरी अखिल नेपाल टे«ड युनियन महासंघ धादिङका अध्यक्ष बद्री सुवेदीले मजदुरहरुको सरकारले सामाजिक सुरक्षा भत्ता र पेन्सनको ब्यबस्था गर्नु पर्ने बताउनु भएको छ । सरकारले यी बिषय बस्तुको मजदुरहरुको लागि लागु नगरे नेपाल टे«ड युनियन महासंघ मजदुरको अधिकारको लागि चुप लागेर बस्न नसक्ने चेतावनी दिनु भएको छ ।
उद्योग तथा कलकारखामा काम गर्ने मजदुृरहरुलाई सरकारले श्रमले तोकिए अनुसारको तलब र उचित ज्यालाको ब्यबस्था गरिनु पर्ने बताउनु भएको थियो ।