धादिङबेसी बैशाख ३१ । स्थानिय शान्ति समिति धादिङले शुक्रबार सरोकारवाला पक्षसँगको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानिय शान्ति समिति धादिङका संयोजक कृष्ण कुमार श्रेष्ठको अध्यक्षत रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो । भेटघाट कार्यक्रममा स्थान्ति समिति धादिङका पुर्व अध्यक्ष रामबहादुर भण्डारी, रामनाथ अधिकारी, भूमी त्रिपाठी, बुद्ध लक्ष्मी लामा, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नावय उपरीक्षक दिपेन्द्र पंजिया लगायत स्थानिय शान्ति समितिका गाविस संयोजकहरुको सहभागिता रहेको थियो ।
स्थानिय शान्ति समिकिो संयोजक छनोट प्रक्रियामा राजनीतिक दलहरु बीच बिबाद गर्न नहुने स्थानिय शान्ति समिति धादिङका पुर्व संयोजक रामबहादुर भण्डारीले बताउनु भएको थियो । शान्ति समिति संस्था भनेको सहमतिको आधारमा चल्लने संस्था भएकाले बल धम्कीको भरमा नचल्लने बताउनु भयो ।
दश वर्षिय द्धन्द्धको समयमा माओवादी पार्टी र अन्य सात पार्टी सहित राज्य पक्ष बीच भएको आन्दोलन २०६३÷६४ साल पछि माओवादी र सरकार पक्षसँग शान्ति प्रक्रियाको आधारमा सहमतिय हस्तारक्षर गरिएको बताउनु भयो । यसै अनुरुप माओवादी पार्टीकै नेतृत्व स्थानिय शान्ति समिति धादिङको संयोजकमा चयन गरिएको भण्डारीले बताउनु भएको छ ।
यसै गरी भेटघाट कार्यक्रममा जिल्लाका शान्ति समितिले गरेका कार्यहरुको समिक्षाको बारेमा स्थानिय शान्ति समिति धादिङका पुर्व संयोजक रामबहादुर भण्डारीले सहजिकरण गर्नु भएको थियो । गाउँ विकास समिति नगरपालिका स्तरीय शान्ति समितिको संयोजकहरुको भूमीकाको बारेमा पुर्व संयोजक रामनाथ अधिकारी, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोको बोरमा भूमी त्रिपाठीर विबिध समसामयिक बिषय बस्तुहरुको बारेमा प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश सुवेदीले सहजिकरण गर्नु भएको थियो ।
त्यसैगरी स्थानिय शान्ति समिति धादिङका सदस्य बोध नाथ दुवाडीले स्थानिय शान्ति समिति धादिङ स्थापना भए पछि अहिले सम्म जिल्ला तथा गाविसहरुमा गरिएका कामहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । द्धन्द्ध प्रभावित ब्यक्ति परिवार तथा संरचनाको गलत संकलन गर्ने कार्यमा जिल्लामा शान्ति समितिलाई सहयोग गरेको छ ।
![](https://dhadingpost.com/wp-content/uploads/2024/08/pratik-copy.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2020/07/holistic.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2020/12/Ns-media-dhading.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2024/12/dhading-hospital.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2025/01/jjj.jpg)
![](https://dhadingpost.com/wp-content/uploads/2025/01/prayas-sir.jpg)