काजीराम अधिकारी
धादिङ, मार्पाक बैशाख ३१ । नेपाल रेडक्रस सोसाईटी उपशाखा मार्पाकको २३ औं बार्षिक साधारण सभा मार्पामा सम्पन्न भएको छ ।
उपशाखाका सभापति काजीराम अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका सदस्य एवंम मार्पाक, सेमजोङकाा उपशाखा इन्चार्ज केशरी प्रसाद पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा निरञ्जना उमावि मार्पाकमा एक कार्यक्रमको बीच चन्द्र बुना देवी अधिकारी अक्षय कोषका अध्यक्ष उत्तम अधिकारीद्धारा मार्पाक पोखरा प्रावि मार्पाक १ पोखरालाई २ थान कम्प्युटर प्रदान गरिएको छ ।
यसैगरी निमार्चोक निमाविलाई ३ थान कम्प्युटर मंगलादेवी मावि मार्पाक ७ बोराङलाई १ थान कम्प्युटर प्रदान गर्नु गरिएको थियो । मार्पाक बाट सहकर्मी मित्र काजीरामअधिकारीले जानकारी दिनु भएको छ ।