नेपाल शिक्षक संघकोे २७ औं स्थापना दिवस मनाईयो

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ३१, २०७३

धादिङबेसी बैशाख ३१ । धादिङ जिल्लाका सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाको लागु गर्न आवश्यक रहेको नेपाल शिक्षक संघका केन्द्रिय कोषाध्यक्ष यम पी भुसालले बताउनु भएको छ ।

नेपाल शिक्षक संघ जिल्ला कार्य समिति धादिङले बिहिबार धादिङबेसीमा आयोजना गरिएको नेपाल शिक्षक संघकोे २७ औं स्थापना दिवस तथा शिक्षक सम्मान कार्यक्रममा भुसालले सो कुरा बताउनु भएको हो ।

नेपाल शिक्षक संघ जिल्ला कार्य समिति धादिङका अध्यक्ष दिपक सिंखडाको अध्यक्षता रहेको कार्यक्रममा, नेपाल शिक्षक संघका केन्द्रिय कोषाध्यक्ष यम पी भुसालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रेणुका पाण्डे, नेपाली काङग्रेस धादिङ जिल्ला सभापति रमेश प्रसाद धमला, पुर्ब सभापति रामनाथ अधिकारी, नेपाली काङग्रेसका नेता भिम प्रसाद ढुङगाना, नेपाली काङग्रेस गोरखाका सचिव पुर्ण बहादुर दाहाल, नेपाल शिक्षक संघ जिल्ला कार्य समिति धादिङका पुर्व अध्यक्ष बाबुराम अधिकारी, बद्री प्रसाद दाहाल, मोहन बहादुर कंडेल लगायत विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

यसैगरी नेपाली काङग्रेसका सभापति रमेश प्रसाद धमलाले धादिङ जिल्लाका सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाको आवश्यक रहेको बताउनु भयो । शिक्षक र विद्यार्थीहरु बीच एकताको भावना पैदा हुन नसक्दा विद्यालयको पठन पाठनमा समेत अबरोध पुगेको बताउनु भयो ।